अमेरिका– अमेरिकाको एक संघीय अदालतले एक भारतीय नागरिक सहित १२ जना विदेशीलाई अबैध तरिकाले राष्ट्रपति निर्वाचनमा मतदान गरेको आरोप लगाएको छ ।
अदालतले २०१६ को राष्ट्रपति निर्वाचनमा अवैध ढंगले उनिहरुलाई मतदान गरेको आरोप लगाएको हो । अमेरिकी नागरिक बाहेक अरुले यहा“को निर्वाचनमा मतदान गर्ने प्रावधान छैन ।
नर्थ क्यारोलिनाको जिल्ला अदालतले ५८ वर्षिय  बैजु पोट्टाकुलाथ तथा अन्य ११ जना विदेशी नागरिकलाई २०१६ को राष्ट्रपति चुनावमा अवैध तरिकाले मतदान गरेको आरोप लगाएको हो । उनिहरुको दोषी पाइएको खण्डमा अधिकत्तम एक वर्ष जेल सजाय तथा एक लाख अमेरिकी डलर सम्मको जरिवाना हुन सक्नेछ ।
भारतीय मुलका मलेसियन नागरिक रुब कोरलाई पनि यस्तो आरोप लागेको छ । उनलाई फर्जि भोटिङको प्रमाणीत भए ६ सालको जेल सजाय तथा ३.५ लाख अमेरिकी डलरको जरिवाना हुन सक्ने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected