फेसमास्क र फेसशिल्डले
छोप्दै मुहार
हवाईजहाजको भराङ्ग चढिरहेका
सयौं मान्छेको हुलमा
एउटा मान्छे म
चुपचाप
एउटा पोको संगै भराङ्ग चढिरहेछु

गन्तव्य… !
कोहि भन्छन अमेरिका
कोहि स्विट्जरल्यान्ड
शायद निश्चित छ
उनीहरुको जाने ठाउँ
तर म यात्रामा निस्केको मान्छे
कहाँ गन्तव्य भनुँ ?

“साँझ पर्यो, उड्यो होला छोरो अमेरिका ”
“फेरि कहिले आउँछ ?”
आमा घरको कोठाबाट सोध्दै हुनुहोला
कसलाई के थाहा
कहिले फर्कन्छु या फर्कन्न
बढ्दो कोरोनाको प्रकोप
दोस्रो लकडाउनमा

काठमाडौँको एउटा साँझ
सेता र काला बादलहरु
रिमझिम पानी
झिलिमिली बत्तिहरु
हरिया डाँडाहरु
अनि एउटा भागिरहेको मान्छे
बिर्सन नसकिने एउटा जिन्दगीको क्षण

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected