अमेरिका– ट्रम्प प्रशासनलाई अमेरिकाको संघीय न्यायधिसले शरणार्थी बालबालिकालाई होटलमा बन्द नगर्न आदेश दिएको छ ।
अमेरिकी जिल्ला न्यायधिस डौली गिहीले सिमा एजेन्सीलाई १५ डिसेम्बर सम्म यस्तो गतिविधी रोक्न आदेश दिएकी हुन । शरणार्थी बालबालिकालाई होटलमा धमाधम बन्द गरिएपछि यस्तो आदेश दिइएको हो । होटलमा राखिएका बालबालिकालाई जति सक्दो छिटो हटाउन भनिएको छ ।
मार्च महिना देखि अहिलेसम्म कोविड–१९ महामारीको कारण देखाउदै इमिग्रेसन एजेन्सीले अमेरिका–मेक्सिको सिमा पार गरेर आउने १ लाख ४८ हजार जनालाई निकालेको हो । ट्रम्प प्रशासनले भने न्यायधिस संग होटल प्रयोगमा प्रतिबन्ध लगाउने कुनै अधिकार नभएको तर्क गरेको छ ।
संघीय न्यायधिस ले ट्रम्प प्रशासनसंग शरणार्थिहरुलाई निकाल्नु अघि उनिहरुको बच्चा बच्चीलाई होटलमा बन्द गर्न छाडन भनिएको छ । यो मानवअधिकार हनन भनिएको छ ।
ट्रम्प प्रशासनले भने सिमा पार गरेर आउनेहरुबाट आम मानिसमा स्वास्थ खतरा रहेको बताएको छ ।
ट्रम्प प्रशासनले मार्च देखि लिएर हाल सम्म झण्डै ५७७ जना शरणार्थि बच्चाबच्चीलाई होटलमा बन्द गरेको छ । अधिकांश बच्चाहरु टेक्सस, एरिजोनाकै होटलको हिरासतमा राखिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected