ए ऐना बताऊ न
मैले तिमीमा हेर्दा देखिने
के साच्चै म हुँ?
के म मा त्यो सुन्दरता छ?
या, मेरो मायामा निर्लिप्त विश्वास लाइ
तिमी ले गरेको उपहास त होइन?
ए ऐना बताऊ न
मेरो यथार्थ जताउ न
के म प्रियाकि अप्सरा हुँ?
म इन्द्र कि उर्वसि हुँ?
म मेरो प्राण की खुशी हुँ?
ए ऐना बताउ न
मेरो यथार्थ जताउ न
मलाइ थाहा छ कोहि छ
म प्रकृति हुँ
तिम्रो दृष्टि को पुरूष को हो?
म आवाज हुँ
तिमी ले रोजेको राग कुन हो?
म गीत हुँ
तिम्रो सरगम कुन हो?
म धुन हुँ
तिमी ले रोजेको सङ्गित कार को हो?
हो म कविता हुँ
भाव सहितको कविता
भित्र हृदयको कम्पनबाट सिर्जित
काव्य अलङ्कार
म कविता हुँ
ए ऐना बताऊ न
तिमिले रोजेको सर्जक
को हो?
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...