अमेरिका– अमेरिकाले कोरोना मामलामा चीनलाई छाडने पक्षमा छैन । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनको चालबाजीले संसारमा लाखौ मान्छेको ज्यान गएको र अर्थव्यवस्था डामाडोल भएको आरोप लगाएका छन् ।
अमेरिकी विदेश विभागको एउटा ट्वीटमा भनिएको छ– ‘अमेरिका कोरोना महामारीका लागी चीनको सत्ताधारी कम्युनिष्ट पार्टिलाई जवाफदेही ठहराउछ ।’ ट्रम्प प्रशासन यो कुरामा अडिग छ ।
दक्षिण चीन सागरमा ड्रयागनको आक्रमक रवैया र कोरोना महामारीलाई लिएर दुई देशबीच सम्बन्ध चिसिएको छ ।
अहिले कोरोनामहामारीको संक्रमण विश्वमा दुई करोड ७३ लाख नाघिसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected