अमेरिका-अमेरिकाकाे न्युयाेर्कमा दिवंगत भएका नेपाल जनसम्पर्क समिति अमेरिकाका सक्रिय सदस्य ३९ वर्षिय अमर तामाँङको आज अन्तेष्टि गरिएकाे छ ।
तामाँङको गत अगस्ट १९ मा उपचारका क्रममा अस्पतालमा निधन भएकाे थियाे । बेलायतबाट उनकाे दाजु आएपछि अमरकाे आफनै परम्परा अनुसार अन्तेष्टि गरिएकाे हाे । अन्त्येष्टिमा नेपाली समुदायकाे उपस्थिति रहेकाे थियाे ।
नेपालको कास्कीको माछापुच्छे गाउँपालिका घर भएका तामाङको न्युयोर्कको साइनाई अस्पतालमा उपचारको क्रममा निधन भएको खिसके । क्यानसर रोगले पीडित तामाङ केही महिनादेखि अस्पतालमा उपचारर्थ थिए । नेपाल जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको उपसभापति रहेका तामाङकस्केली समाज अमेरिकाका महासचिव समेत थिए । उनी २००६ मा अमेरिका आएका थिए ।
अमेरिकाको न्युयोर्कमा बसोबास गदै आएका तामाङ विभिन्न समाजिक गतिविधीमा समेत सक्रिय युवा थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...