अमेरिका– राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा एक हजार भन्दा बढी चिनिया विद्यार्थी तथा शोधकर्ताको अमेरिका आउने भिषा रद्ध गरिएको छ ।
सुरक्षाको खतरालाई मध्यनजर राखेर चीनबाट आउने विद्यार्थी तथा शोधकर्ताको भिसा रद्ध गरिएको हो ।
अमेरिकाको विदेश मन्त्रालयको होमल्यान्ड सेक्युरिटीका कार्यकारी प्रमुख चेड बोल्फले अमेरिकाले चीनको खुफिया विभाग तथा पिपुल्स लिबरेशन आर्मि संजद्ध शैक्षीक संग जोडिएका विद्यार्थी तथा शोधकर्ताको भिसा रद्ध गर्ने महिनौ पहिलाको प्रस्तावलाई विचार विमर्श गदै यो फैसला गरेको बताएका छन् ।
जासुसी तथा बौधिक सम्पत्ति चोरी हुने खतरा देखाउदै अमेरिकाले चिनियाहरुको भिसा रद्ध गरेको बताईन्छ ।
एक तथ्याङक अनुसार अमेरिकामा अहिले ३ लाख ६० हजार भन्दा बढी चिनिया नागरिक अध्ययन गदै आएका छन् ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...





















