अमेरिका– अमेरिकामा आजैको दिन अर्थात सेप्टेम्बर ११, २००१ मा सबैभन्दा खतरनाक आतंककारी हमला भएको थियो ।
अमेरिकाको न्युयोर्कको वल्र्ड टे«ड सेन्टरको ट्वीन टावर आतंककारी संगठन अलकायदले हवाई अ हमला गरेर ३ हजार भन्दा बढी सर्वसाधारणको ज्यान लिएको थियो । १९ वर्ष अघिको विश्वको यो कहालीलाग्दा आतंककारी हमलालाई अमेरिकाले कालो दिनको रुपमा लिएको छ । आतंककारी संगठन अलकायदाले चार यात्रुबहाक विमान हाइजेक गरेर दुई विमान वल्ड टे«ड सेन्टरको ट्वीन टार्वसमा ठोक्काएको थियो । विमानका यात्रुसंगै वल्र्ड टे«ड सेन्टरमा काम गर्ने हजारौको ज्यान गएको थियो । यसका साथै थप दुई विमान बासिङटन डिसी बाहिर पेन्टागन र चौथौ विमान पेन्सिलभेनियाको खेतमा खसालेको थियो ।
यो हमलामा अलकायदका १९ आतंककारी समुह सामेल थिए । यो घटनाले त्यतिबेला विश्वलाई नै हल्लाएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुशले यो घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा कालो दिन भनेका थिए ।
यो हमलामा मर्नैमा प्रहरी अधिकारी, अग्निनियन्त्रक पनि थिए । यो हमलामा ज्यान गुमाउनेमा ७७ मुलुकका मानिसहरु थिए । यो हमलाले विश्वकै आकर्षणको केन्द्र मानिएको बल्ड टे«ड सेन्टर क्षण भरमै जलेर खरानी भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected