अमेरिका– अमेरिकाको बोष्टनबाट बिहान ८.४६ बजे लस एन्जल्सको उडान भरेको अमेरिकन एयरलाइन्सको बोइङ ७६७ विमानलाई विमानमा सवारी पाँच अपरहणकारी आतंकारीले हाइजेक गरेका थिए । उनिहरुले उक्त विमान बल्र्ड टे«ड सेन्टरको उत्तरी टावरमा ठोक्काएका थिए । विमान ठोकिएपछि आगोको मुस्लो निस्केको थियो । उक्त विमानमा ९२ जना यात्रु सवार थिए । विमान ९.३० बजे राष्ट्रपति जर्ज बुसले यसलाई आतंकारी हमला भएको पुष्टि गरेका थिए ।
यस्तै बासिङटनबाट बिहान ९.३७ बजे लस एन्जल्स जादै गरेको अमेरिकन एयरलाइन्सकै ७५७ यात्रुबहाक विमानलाई पनि ५ अपहरणकारीले हाइजेक गरेका थिए । यो विमानमा ६४ जना यात्रु सवार थिए ।

यो विमान आतंककारीले पेन्टानगनमा ठोक्काउन पुगेका थिए । यस पछि अमेरिकाको हवाइ अध्यागमनले विमान आवाजजावतमा रोक लगायो । बिहान ९.५९ मा बल्र्ड टे«ड सेन्टरमा ठक्कर दिएपछि झण्डै ५६ मिनेटपछि दक्षिण टावर खसेको थियो ।

बिहान १० बजेर ३ मिनेट जादा न्युयोर्कबाट सान फ्रान्सिसको जादै गरेको युनाइटेड एयरलाइन्सको बोइङ ७५७ विमानलाई चार अपहरणकारीले हाइजेक गरेका थिए । विमानमा ४४ यात्रु थिए । यो विमान पेन्सिलभेनियमा खसालिएको थियो । बिहान १० बजेर २८ मिनेट जादा वल्र्ड टे«ड सेन्टरको ४२ मिनेट पछि उत्तरी टावर खसेको थियो । टावर खसेपछि म्यानहटनको आसापसको आकाश घुलो र धुवाले धुम्म बनेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected