अमेरिका-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकका लागी दिएको समय सिमा १५ सेप्टेम्बरमा सकिदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइटडान्सलाई आफनो भिडियो एप्लिकेशन्स टिकटक बिक्री गर्न या यसलाई बन्द गर्न अमेरिकी सरकारले १५ सेप्टेम्बरको समयसिमा नबढाउने बताएका छन् ।

मिचिगन राज्यमा चुनावी ¥यालीमा सहभागी हुने क्रममा राष्ट्रपति ट्रम्पले यस्तो अडान दोहोराएका हुन । उनले टिकटकका लागी दिएको समय सिमामा कुनै हेरफेर नहुने बताएका छन् । उनले मुलुककमो सुरक्षाका लागी टिकटक बन्द गर्ने तर्फ आफुले सोचीरहेको बताएका छन् । बाइडान्सले बिक्री नगरे अमेरिकामा टिकटक बन्द हुने उनले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले गत अगस्ट महिनामा नै टिकटकको कम्पनी बाइटडान्सलाई यो एप्स अमेरिकी कम्पनीलाई बिक्री नगरे अमेरिकामा प्रतिबन्ध लगाउने बताएका थिए ।

अमेरिकाको सुरक्षा खतरा भन्दै अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन ट्रम्प सरकार लागीरहेको छ । अमेरिकी विदेशी मन्त्री माइक पोम्पियोले समेत चिनिया एप टिकटक अमेरिकी राष्ट्रिय सुरक्षा विदेश निति तथा अर्थव्यवस्थाका लागी खतरा रहेको बताउदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected