अमेरिकाको कोलम्बियामा हिसांत्मक प्रदर्शन, दस जनाको मुत्यु, सयाै घाईते
अमेरिका– अमेरिकाको कोलम्बियामा भएको हिसांत्मक प्रदर्शनमा दस जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा दर्जनौ घाइते भएको समाचार एजेन्सीहरुले बताएका छन् । गत मंगलबार प्रहरीको हातबाट एक व्यक्तिको मुत्यु पछि त्यहा“ हिसांत्मक प्रदर्शन सुरु भएको हो ।
प्रहरीका अनुसार प्रदर्शनमा ४ सय भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ८७ जना प्रहरी तथा अन्य प्रदर्शनकारी छन् । प्रहरीले हिसांमा सलग्न ७० जनालाई पक्राउ गरेको छ । प्रदर्शनकारीले शहरका विभिन्न इलाकामा रहेको १७ प्रहरी चौकीमा आगजनी गरिदिएका छन् । ७७ सवारी साधनका साथै २५ वटा ट्रान्जीट बसमा तोडफोड गरेका छन् । केही बसमा आगजनी समेत गरिदिएका छन् । प्रदर्शनकारीले प्रहरीको मोटरसाइकल तथा पेट्रोलिङ गरिरहेका कारलाई समेत निशाना बनाएका छन् । हिसात्मक प्रदर्शनले उग्र रुप लिएपछि राजधानीमा सेना परिचानल गरिएको छ । घटनामा संलग्न दुई प्रहरी अधिकारी निलम्बित भएका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...