अमेरिकामा कोरोनाभाइरस महामारी फैलिए यता ९ हजार भन्दा बढी आप्रवासी बालबालिका देशनिकाला

अमेरिका– अमेरिकामा कोरोना महामारी फैलिन सुरु भए यता सिमाक्षेत्रबाट ९ हजार आप्रवासी बालबालिकालाई देशनिकाला गरिएको छ ।
ट्रम्प प्रशासनले लगाएको कोरोनाभाइरस प्रतिबन्धसंगै यतिका संख्यामा आप्रवासी बालबालिकालाई देश निकाला गरिएको हो । अमेरिकी संचारमाध्यमहरुले सिमा सुरक्षा गस्तीका उपप्रमुख रायल ओर्टिजबाट आएको एक अदालती घोषणामा आप्रवासी बालबालिकाको संख्या बाहिर आएको हो । अमेरिकी सरकारले गत मार्च २० मा सिमा क्षेत्रमा लगाएको नया प्रतिबन्ध लागु गर्नका लागी सार्वजनिक स्वास्थ्य कानुन लागु गरेको थियो ।
१ लाख ५९ हजार भन्दा बढी आप्रवासी देश निकाला
सिमा सुरक्षा गस्तीका उपप्रमुख राउल आर्टिजका अनुसार २० मार्च देखि हालसम्म १ लाख ५९ हजार भन्दा बढीलाई देशबाट निकाला गरिएको छ । यो तथ्याङकमा एक्लै यात्रा गरिरहेका ८ हजार ८ सय बालबालिका पनि सामेल थिए । ७ हजार ६ सय जना परिवारसंगै थिए । सिबिएस न्युजको रिपोर्ट अनुसार सिमा सुरक्षा गस्तीका अधिकारीहरु मार्फत यो विवरणको खुलासा भएको बताईन्छ । उनिहरुलाई सार्वजनिक स्वास्थय प्रतिबन्धका कारण अमेरिकाबाट बाहिर निकालिएको हो । अमेरिका प्रवेशमा उनिहरुलाई रोक लगाइएको छ ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...