अमेरिका-ब्राजिलमा मार्च को पहिलो साता देखि देखिएको कोरोना भाइरसको महामारीले गर्दा अहिले धेरै नै मानवीय क्षती बेहाेर्नु  परेको छ। ६ महिनाको अबधिमा अहिले ब्राजिलमा पनि पहिलो पटक एक नेपालीलाई कोरोना संक्रमीत देखिएको छ। ब्राजिल मा नेपाली को संख्या एकदम न्यून छ।

ब्राजिल भरिनै नेपालीहरु १०० जना मात्र रहेको अनुमान गरिएको भए पनि अलि बढी मात्रामा नेपाली को बसोबास हुने ठाँउ साओ पाउलो हो। जुन ब्राजिल को सबै भन्दा ठुलो ब्यापारीक केन्द्र स्थल हो। ब्राजिल भरिमा सबैभन्दा बढी जनसंख्या भएको शहर पनि साओ पाउलो हो। कोरोना को महामारी सगै अहिले साओ पाउलो ब्राजिल भरि मै एकदम जोखिम एरिया बनेको छ। यो ठाँउ मा मात्र दैनिक ३/४ सय को मृत्यु हुन्छ भने संक्रमीत पनि दिन कै ८/१० हजार हुने गर्छ। झन्डै ६५/७० जना मात्र नेपाली रहेको साओ पाउलो मा ६ महिना को अबधि मा पहिलो पटक एक नेपाली युवक लाई कोरोना लागेको छ। उनी साढे दुइ बर्ष अघि मात्र ब्राजिल आएका थिए। एक हप्ता देखि हस्पिटल मा उपचाररत उनको अहिले स्वास्थ्य मा सुधार आइरहेको छ। थोरै नेपाली भएको ठाउँमा पनि यसरी संक्रमीत भेटीदा अन्य नेपाली हरु मा अहिले केहि डर पैदा भएको छ। जसको कारण सबै नेपालीहरु सचेत भएका छन्। ब्राजिल मा अहिले पनि हरेक दिन ३० देखी  ५० हजार मानिसहरु संक्रमीत हुन्छन् भने ८ सय देखि १४ सय सम्म को मृत्यु भइ रहेको छ।

बिश्वमा सबै भन्दा प्रभावित देश मध्य लामो समय देखि लगातार दोस्रो स्थानमा रहेको ब्राजिल केही दिन देखि तेस्रो स्थान मा झरेको छ। अहिले अमेरिका पहिलो, भारत दोस्रो, ब्राजिल तेस्रो स्थानमा छ तर मृत्यु को संख्या अनुसार ब्राजिल दोस्रो स्थान मै यथावत छ। ब्राजिल मा दिनकै हजारौं संक्रमीत र मृत्युु दर उस्तै भए पनि अहिले त्यसले आम मानव मा खासै असर पारेको छैन। अहिले ब्राजिल को जनजीवन नर्मल नै छ। सबै सचेत भइ आफ्नो दैनिकी काम सहज तरिकाले गरिरहेका छन्।

बिश्व भरी नै अहिले कोरोना संक्रमीत को संख्या झन्डै ३ करोड पुगेको छ भने मृत्यु हुने को संख्या ९ लाख २८ हजार पुगेको छ। ब्राजिल मा मात्रै संक्रमित हुने को संख्या ४४ लाख पुगेको छ भने मृत्यु हुने को संख्या १ लाख ३२ हजार पुगेको छ। साओ पाउलो मा मात्र ९ लाख संक्रमीत भएका छन् भने ३३ हजार को मृत्यु भैसकेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected