अमेरिकामा किन बढ्दै नेपालीको आत्महत्या
सुनौलो सपना बुन्दै अमेरिका आउने नेपालीहरुको संख्या बढ्दो छ । यसरी अमेरिका भित्रिनेहरु आफुले कल्पना गरे जस्तो जीवन यता नपाएपछि खुशी हुन सक्दैनन् । निराशा, एकाकीपन र सोचाईले ग्रस्त बनाउदै लान्छ र मानसिक रोगको शिकार हुन्छन् । उनिहरु अरु केही सोच्न सक्दैनन र जीवनबाट टाढिन आत्महत्या गर्ने निर्णयमा पुग्छन् ।पछिल्लो क्रममा यी यस्तै विभिन्न समस्याले गर्दा अमेरिकामा नेपालीहरुले आत्महत्या गर्ने क्रम बढ्दो छ । आत्महत्याको मुख्य कारण ‘डिप्रेसन’ बनेको छ । गएको मंसीर १३ गते क्यालिफोर्नियामा साथीसंग फोन गर्दा गदै २४ वर्षिय युवा गणेश तिवारीले झुन्डिएर आत्महत्या गरे । नवलपरासी स्थायी घर भएका उनले आफनै कोठामा प्राण त्यागे । उनी अध्ययनका लागी अमेरिका आएका थिए ।
विद्यार्थी भिसामै आएका सञ्जित भट्टले गएको भदौ २७ गते समुन्द्रमा फाल हानेर आत्महत्या गरेका थिए । घरबाट काममा जान भनेर हिडेका उनी समुन्द्रमा हाम फालेर प्राण त्यागे । उनले आफु जिन्दगीबाट विरक्तिएको सुसाईड नोट समेत लेखेका थिए ।आत्महत्या गर्नेहरु प्राय कुनै न कुनै समस्याले जगडिएकाहरु नै छन् ।
सुनौलो सपना बोकेर अमेरिका आएकाहरु यहाँ आएपछि सोच जस्तो पाउदैनन् । उनिहरुलाई निराश र कुन्ठाले ग्रस्त बनाउछ र आत्महत्याको नजिक पुग्छन् । । यसरी आत्महत्या गर्नेमा विद्यार्थीको संख्या पनि अधिक भेटिन्छ । नेपालमा हुदा बाबुआमाको लाड प्यारमा हुर्किएकाहरु यता आएपछि संघर्ष ठुलै गर्नुपर्छ । विद्यार्थीलाई तोकिएको २० घन्टा काम हो । तर उनिहरु बाध्यताले पढाई खर्च जुटाउन ५०– ६० घन्टा सम्म काम गर्न विवश बन्छन् । अध्ययनका क्रममा धेरै झमेलाहरुको सामना गर्नुपर्ने हुन्छ । आफुले पाएका हन्डर र दुख घरपरिवार सामु उनिहरु देखाउन चाहदैनन् । आफैभित्र प्रताडित भएर बस्छन् । धेरै सोचाईले उनिहरु डिप्रेसनमा पर्छन् र आत्महत्याको बाटो रोज्छन् । विद्यार्थी भिसामा आउने देखि डिभी र गैरकानुनी रुपमा आउनेहरुले आत्महत्या गरेका छन् । डिभी परेर आउनेहरु पनि यता आएपछि आफुले भने जस्तो केही नभएपछि मनमा पीडा बोकेर हिडछन् । जिन्दगी चलाउन धेरै पापड बेल्नुपर्छ ।
हलिउडमा देखिने दृश्य र यहाँको जीवनशैलीले धेरैलाई लोभ्याउछ । त्यो लोभ्याईले अमेरिका भासिने नेपालीहरु दिनप्रतिदिन बढ्दो छ । यता आइसकेपछि त्यो लोभलाग्दा जीवनशैलीमा आफुलाई समाहित गराउन सक्दैनन् । दुखमा भिज्न नसक्दा धेरैलाई जिन्दगी देखेर दिक्दारी लाग्छ । यसले धेरैेलाई एक्लो बनाउछ र सोचाईले आत्महत्या गर्न बाध्य पार्छ ।
केही वर्ष अघि आफनै स्टोरमा काम गर्ने क्रममा समिरा शिवकोटी लुटेराको निशानामा परेर मुत्युवरण गर्न पुगिन । दुई साना छोरी र श्रीमान नवराजलाई उनको अभाव महसुस भयो । श्रीमतिको मुत्युपछि एक्लो जस्तो भएका नवराजले अन्तत आत्महत्याको बाटो रोजे ।
मनमा निराशाले डेरा जमाएपछि भय, त्रास तथा आत्मग्लानी हुन्छ । यो सबै पीडाबाट छुटकारा पाउन आत्महत्या रोज्छन् । परिवारभित्र बेमल, एकले अर्कोको विश्वास तोडने, मायाप्रेमको अभावले पनि धेरैलाई एक्लो बनाउछ । एक अध्ययन अनुसार डिप्रेसन भएका ३० प्रतिशतले आत्महत्या गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।
झन्डै चार वर्ष अघि दाङका मोहन ओलीले न्युयोर्कमा अर्पाटमेन्टको तेस्रो तलाबाट फाल हानेर आत्महत्या गरेका थिए । दलाललाई लाखौ रकम बुझाएर मेक्सिको हुदै अमेरिका आइपुगेका उनले सोच जस्तो नभएपछि डिप्रेसनको शिकार भएका थिए । एकान्त मन पराउने, सम्झने क्षमता कम हुदै जाने र कुनै कुरामा खुशी हुन नसक्नेहरु यसरी डिप्रेसनमा परेर आफनो जीवनलाई अन्त्य गर्न बाध्य भइरहेका छन् । पारिवारिक तथा व्यक्तिगत कारणले आत्महत्याको दर बढ्ेको देखिन्छ’ एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले भने–‘आफुमा परेको प्रेसर थेग्न नसक्दा यस्ता घटनाहरु बढनु दुख्द हो ।’ उनका अनुसार अमेरिका आइसकेपछि धेरै काम गर्नुपर्ने लगायतका आर्थिक बोझहरु थपिदै जादा प्रेसर बढेर कन्ट्रोल नगर्दा पनि यस्तो समस्या देखिएका छन् ।
हो उनले भने झै अमेरिका आइसकेपछि फेरी शुन्यबाट जीवन सुरु गर्नुपर्दा कतिपय हतोत्साहित बन्दै जान्छन् । यहाँका सिस्टममा भिज्न नसक्दा र आर्थिक समस्या झेल्दै गएपछि उनिहरु
केघि वर्ष अघि शिकागोमा गुडिरहेको कारबाट हाम फालेपछि दिनेश श्रेष्ठको ज्यान गएको थियो । गाडी हाकिरहेकी श्रीमतिसंग सामान्य विवाद भएपछि उनले हाम फालेको केही समाचार एजेन्सीहरुले जनाएका थिए । यसरी आत्महत्या गर्नुको पछाडी केही पारिवारिक कारण पनि जोडिने गरेका छन् । श्रीमान–श्रीमतिको बेमेल तथा अविश्वासले पनि आत्महत्या दर बढाएको जानकारहरु बताउछन् । कतिपय नेपालीहरु केही अपराधमा फसेपछि पनि उनिहरुलाई जिन्दगीदेखि दिक्क बनाउछ । विकल्पमा उनिहरुले आत्महत्या गर्छन् । सन् २००८ मा नेपाली डाक्टर शिवलाल आचार्यले जेलमै आत्महत्या गरेका थिए । सामाचार स्रोतका अनुसार उनले हाकेको गाडीले मोटरसाईकल चालकलाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाईकल चालको मुत्यु भएको थियो । उनी ठक्कर दिएर भागेपछि हिट एन्ड रन को अपराधमा जेल पुगेका थिए । जेलमै उनले आत्महत्या गर्न विवश भएका थिए ।
अमेरिकामा नेपालीहरुमा आत्महत्या दर बढ्दै गएपनि के कति संख्यामा भयो भन्ने यकीन तथ्याङ्क भने भेटिदैन । पछिल्लो केही वर्षको घटनाहरु नियाल्दा दर्जन नेपालीले आत्महत्या गरिसकेका छन् ।