अमेरिका– अन्तत चिनिया एप टिकटकको अमेरिकी अपरेशन अर्थात स्वामित्व अमेरिकी कम्पनी ओरकल संग हुने भएको छ ।
बाल स्ट्रीट जर्नल तथा रोयटर्सका अनुसार टिकटक खरिद गर्ने माइक्रोसफ्टको प्रस्ताव खारेज गरिदिएपछि यो अवसर ओरकल संग पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलले चिनिया कम्पनी बाईटडान्सलाई टिकटक विक्री गर्न १५ सेप्टेम्बरको समय सिमा दिएका थिए ।
यो समयसिमामा प्रकृया पुरा नगरे टिकटक अमेरिकामा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पले गृहकार्य अगाडी बढाइ रहेको बेला अमेरिकी कम्पनी ओरकल संग सम्झौता भएको छ । माइक्रोसफ्टले टिकटक खरिद गर्ने प्रकृया अघि बढेपनि त्सले मुर्त रुप लिन सकेन । अन्तत अमेरिकाकै अर्को कम्पनी ओरकले यो मौका पाएको हो ।
टिकटकका प्रवक्ताले ले माइक्रोसफ्ट अर्थात ओरकललाई लिएर केही टिप्पणी अहिलेसम्म गरेका छैनन ।
ओरकल कम्पनीकी प्रमुख लैरी एलिसन राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक हुन । उनले गत फेब्रुअरीमा नै ट्रम्पका लागी चन्दा संकलन कार्यक्रम आयोजना गरेकी थिइन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...