अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा कोरोना संक्रमणका कारण आइतबार एक नेपालीको मुत्यु भएको छ ।
कन्ट्राकोष्टा काउन्टप्को एलसेरिटो सहरमा बस्दै आएका हेमकुमार चौहानको उपचारका क्रममा अस्पतालमा निधन भएको स्थानिय तथा गैरआवासिय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार भेन्टीलेटरमा राखेर उपचार गराइरहेका उनको निधन भएको हो । बिरामी भएर अस्पताल पुगेका उनलाई कोरोना परीक्षण गरेपछि पोजेटिभ देखिएको थियो । उनी परिवार संगै क्यालिफोर्निया बस्दै आएको बताइन्छ । उनको शब अस्पतालमा रहेको बताइएको छ । उनी बारे बिस्तृत विवरण आएको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected