वासिंगटन, अमेरिका-कोरोना महामारी संगै घर बाटै किनमेल गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गै रहेको छ । यो संगै विश्वको सबैभन्दा ठूलो अनलाइन रिटेलर अमाजोनको कारोबार पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । कारोबार बढे संगै अमाजोनले करिब १ लाख नया कामदार भर्ना गर्ने भएको छ ।
सोमबार कम्पनीले आफ्नो आधिकारिक ब्लग मार्फत सो कुराको जानकारी दिएको हो । कम्पनीले नया कामदार अमेरिका भरका १०० भन्दा बढी वेअर हाउसका लागि प्याकेजिंग , सिपिंग र सर्टिंगका लागि भर्ना गर्ने जनाएको छ । कम्पनिले १५ डलर प्रति घण्टा बाट सुरु गर्ने र कामदार को उच्च माग रहेका स्थान हरुमा १००० डलर साइन अप बोनस दिने समेत जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected