अमेरिका– अमेरिकामा भारतिय मुलका एक अमेरिकीले जालजेझल गी बैंकबाट १.७ करोड डलर कर्जा लिएर धोका दिने योजना बनाएको स्वीकार गरेका छन् ।
भारतीय मुलका अमेरिकी ६१ वर्षिय राजेन्द्र कंकारियाले भिडियो कन्फ्रेन्समा अमेरिका जिल्ला न्यायधिकस सुसन डि बिंग्टन समक्ष बैकलाई धोका दिने आफनो गल्ती स्वीकार गरेका छन् । उनी न्युजर्सिमा रहेर होलसेलको व्यवसायमा संलग्न रहदै आएका थिए ।
अमेरिकी कानुन अनुसार राजेन्द्रलाई ३० वर्षको जेल सजाय तथा १० लाख अमेरिकी डलर जरिवना हुने सक्नेछ । उनलाई अदालतले आउदो जनवरी १८ मा सजाय सुनाउनेछ । समाचार अनुसार २०१६ मार्च देखि २०१८ मार्च सम्म लोटस एक्जिम इन्टरनेशनल इन्कका अध्यक्ष समेत रहेका उनले आफना कर्मचारीसंग मिलेर १.७ करोड अमेरिकी डलर को कर्जा लिने प्रपन्च रचेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected