चीनकी एक फरार वैज्ञानिकद्धारा कोरोनाभाइरस बुहान ल्याबमै तयार भएको दाबी

अमेरिका -चीन कै एक फरार वैज्ञानिकले चिनिया सेनाको वुहान ल्याबमै कोरोनाभाइरस बनेको खुलासा गरेकी छिन् ।
चीनबाट फरार रहेकी डा ली में यानले कोरोनाभाइरस बुहान ल्याबमै बनेको प्रमाण पेश गदै यस्तो खुलासा गरेकी हुन । हङकङ स्कुल अफ पब्लिक हेल्थमा शोध गरीसकेकी डाक्टर यानले एक रिपोर्ट प्रस्तुत गदै यस्तो सनसनीपुर्ण खुलासा गरेकी हुन । उनले ल्याबमा जेनेटिक मेटेरियल मिसाएर तयार पारेको दाबा गरेकी छिन् । अन्य वैज्ञानिकहरुले उनको दाबालाई सवाल उठाउदै यसलाई प्रमाणित भनेका छन् ।
डाक्टर यानले गरेको शोध कुनै पनि वैज्ञानिक जर्नलमा भने प्रकाशित भएको छैन । यसबारेमा न वैज्ञानिकल जाच गरेका छन् नत स्वीकृत नै दिएका छन् । पछिल्लो समय कोरोनाभाइरसलाई लिएर चीन माथि शंका पैदा भइरहेको बेला डाक्टर यानको यस्तो दाबा आएपछि सबैलाई आश्चार्य तुल्याएको छ । उनले यो भाइरस कुनै जनवारबाट नभइ मान्छेले बनाएको आफुले प्रमाणित गरेर छाडने दाबी गरेकी छिन् ।
डा यानले बेइजिङलाई कोरोना भाइरस फैलिन सुरु नहुदै यसबारेमा पुर्व जानकारी भइसकेको बताएकी थिइन । यो दाबा गरेपछि उनी आफनो ज्यान जोगाउन फरार भएको बताइएको छ । भर्खर मात्रै उनी लुज वुमनमा आएर यस्तो दाबा गरेकी हुन । चीनको सरकारले सरकारको डेटाबेसबाट उनको सबै जानकारी हटाइदिएको छ । उनले बुहान मार्केटमाबाट कोविङ–१९ सुरु भएको खबर गलत भएको दाबी गरेकी छिन् । उनले वुहान ल्याबमै यो भाइरस तयार भएको दाबा गदै आएकी छिन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...