अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति अब्राहम लिंकनको कपालको रौ तथा हत्याको खबर दिने रगतले लत्पतिएको तार जडीत टेलिग्राम ८१ हजार अमेरिकी डलरमा बिक्री भएको छ ।
अमेरिकाको १६ औ राष्टपति लिंकनको कपाल तथा रगतको तार लिलामीको क्रममा विक्री भएको हो । अब्राहम लिंकनको हत्या १८६५ मा भएको थियो । अमेरिकाको बोस्टनमा रहेको यी चिजहरुको लिलामीमा किन्नेको नाम भने खुलाइएको छैन
लिंकनको हत्या १५ अप्रिल १८६५ मा भएपछि पोस्टमार्टमको क्रममा उनको पाच सेन्टिमिटर अर्थात दुई इन्च लामो कपाल काटिएको थियो । उनलाई बासिटन डिसीको फोर्ड थिएटरमा गोली हानेर हत्या गरिएको थियो । आरआर आक्सन कम्पनीका अनुसार लिंकनको कपाल उनकी पत्नी मैरी टोड लिंकनका नोतदार डा लैमन बीचर टोडका सामु प्रस्तुत गरिएको थियो । लिंकनको पोस्टमार्टमा त्यतिबेला डा टोड पनि सामेल थिए । उनी केन्टुकीका पोस्टमास्टर थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected