अमेरिकामा बेरोजगार संख्या १ करोड २६ लाख , गत हप्ता मात्रै थपिए ८ लाख ६० हजार नया आबेदन

अमेरिका -अमेरिकामा कोरोना महामारी संगै करोडौ मानिसले रोजगार गुमाई सकेका छन् भने लाखौ मानिस हरुले अझै गुमाउने क्रम जारी नै छ । बिहिबार अमेरिकाको श्रम विभागले जारी गरेको प्रतिबेदन अनुसार सेप्टेम्बेर ५ सम्म १ करोड २६ लाख २८ हजार मानिसले राज्यको श्रम बिभाग मार्फत बेरोजगारी भत्ताका लागि आबेदन दिएका थिए भने गत हप्ता मात्रै ८ लाख ६० नया आबेदन थपिएका छन् । तथापी यो संख्या सो भन्दा अघिल्लो हप्ताको तुलनामा भने केहि कम भएको प्रतिबेदनमा उल्लेख छ । सेप्टेम्बरको पहिलो हप्ता नया आबेदन दिनेको संख्या ८ लाख ९३ हजार रहेकोमा गत हप्ता सो संख्या ३३ हजारले घटेर ८ लाख ६० हजारमा झरेको हो । साथै संघीय महामारी सहयोग (Pandemic Unemployment Assistance ) का लागि सेप्टेम्बर १२ सम्म ६,५८,७३७ आबेदन परेको श्रम बिभाग जनाएको छ ।
प्रतिबेदन अनुसार क्यालिफोर्निया, टेक्सास, लुजियाना , न्यु जर्सी र वाशिंगटन राज्यहरुमा अबेदकको संख्या बढेको छ भने केन्टकी , फ्लोरिडा पेन्सिलभेनिया केंसस र मिचिगन राज्य हरुमा भने घटेको छ ।