अमेरिकामा भारतीय नागरिकको हत्यामा संलग्नको सुराक दिनेलाई १५ हजार डलर पुरस्कार

अमेरिका– अमेरिकामा अपरहणपछि हत्या गरिएका एक भारतीय नागरिकको घटनामा १५ हजार अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको छ ।
परेश कुमार पटेलको हत्याको बारेमा सुराक दिनेलाई यस्तो पुरस्कार दिने घोषणा गरिएको हो ।
पटेलको गत सेप्टेम्बर १६, २०१२ मा भर्जिनियाको चेस्टरफिल्ड काउन्टीको एउटा ग्यास स्टेशनबाट अपहरण भएको थियो । अपहरण भएको चार दिनपपछि उनको शब रिचमन्ड सहरमा फेला परेको थियो । यस सम्बन्धी जा“च गरिरहेको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले घटनाको दिन पटेल बिहान ६ बजे ग्यास स्टेशन पुगेका थिए । उनले आफनै स्टोर चलाउदै आएका थिए । स्टोरमा केही समयपछि दुई जना आएर उनलाई समातेर भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शिले प्रहरीलाई बताएका थिए । चार दिनपछि उनको शब फेला परेको थियो । एफबिआईले घटनाबारेमा सुचना दिनेलाई १५ हजार डलरको पुरस्कार दिने जनाएको छ । यस घटनामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...