अमेरिका– विश्वको सबैभन्दा ठुलो अनलाइन रिटेलर अमाजोनको घुस काण्डमा एक भारतीय सहित ६ जनालाई दोषी ठहराइएको छ ।
अमाजोनका कर्मचारी तथा ठेकेदारका लागी व्यवसायिक लाभका लागी एक लाख डलर भन्दा बढी घुस दिएको विषयमा एक भारतीय सहित एक भारतीय मुलका अमेरिकन र अन्य ६ जनालाई दोषी ठहराइएको हो ।
अमेरिकाको न्याय विभागले अमाजोन मार्केटप्लेसमा आफनो सामान बेच्नका लागी २०१७ देखि उनीहरुले जालसाझी गदै आएको बताएको छ । यसमा उनिहरुलाई १० करोड डलरको फाइदा भएको र दोस्रो व्यापारी तथा उपभोक्तालाई नोक्सानी भएको विभागले जनाएको छ ।
आरोपीत मध्ये निशाद कुन्जु भारतको हैदराबाद निवासी हुन भने अर्का भारतीय मुलका अमेरिकन क्यालिफोर्निया निवासी कादिमी शेट्टी भएको समाचार स्रोतले बताएको छ । यसका अलवा तीन आरोपीत न्युयोर्क र अन्य जर्जिया निवासी हुन । सबैलाई जालसाझी गर्ने र विना अनुमति संरक्षीत कम्पयुटरको प्रयोग गरेको आरोप लगाइएको छ । सबैलार्य १५ अक्टुबरमा सियाटलको जिल्ला अदालतमा पेश गरिने भएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...