अमेरिका– टिकटकले अमेरिकी कारोबारका लागी ओरकल तथा बालमार्ट बीच सम्झौता गर्ने भएको छ ।रााष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी कारोबारलाई लिएर ओरकल तथा बालमार्ट बीच हुने सम्झौतालाई मन्जुरी दिएका छन् । यो मन्जुरीले स्थायी रुप लियो भने यो एउटा नया अमेरिकी कम्पनी बन्नेछ । जसबाट २५ हजार नया रोजगारी सृजना हुने बताइएको छ । सम्झौताका बीच टिकटकले अमेरिकी युवाको शिक्षाका लागी पा“च अर्ब अमेरिकी डलरको अनुदान पनि दिनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार वाइट हाउसमा पत्रकार सम्मेलदनमा यो नया सम्झौताका लागी शुभकामना दिदै भनेका छन्– टिकटकका लागी काम चलीरहेको छ । ओरकल र वालमार्ट बीच पनि सम्झौता हुनेछ । सुरक्षाको १०० प्रतिशत ध्यान राखिनेछ । यिनिहरुले भिन्न भिन्न डाटाको प्रयोग गर्नेछन् ।
राष्ट्रपति ट्रम्पले यो कम्पनीको बहिरी देशसंग कुनै लेनदेन नहुने पनि बताएका छन् । यो पुर्ण रुपमा सुरक्षीत एप हुने उनले बताए । तर यो सम्झौताका लागी चीन सरकारको नि मन्जुरी आवश्यक हुन्छ । यसलै ट्रम्पले भनेका छन्– हेरौ यस्तो हुन्छ कि नाई ।
टिकटक ग्लोबल हुनेछ नया कम्पनीको नाम
यदि सझौता भयो भने नया कम्पनीको नाम टिकटक ग्लोबल हुनेछ । यसको मुख्यालय अमेरिकाको टेक्सस राज्यमा हुनेछ । टिकटक ग्लोबलम ओरकलको हिस्सेदारी १२.५ प्रतिशत हुनेछ र यसले सबै प्रयोगकर्ताको डाटा आफुसंग सुरक्षीत राख्नेछ । रिटेल कम्पनी बालमार्टको टिकटक ग्लोबलमा ७.५ प्रतिशत हिस्सा हुनेछ । टिकटकको मालिक हक राख्ने चिनिया कम्पनी बाइटडान्सको ८० प्रतिशत हिस्सेदारी हुनेछ । अमेरिकामा प्रत्यक्ष या अप्रत्यक्ष गरी झण्डै ५३ प्रतिशत हिस्सा टिकटकको हुने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected