राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचनमा गढ मानिएको टेक्सस र फलोरिडालाई बचाउने चुनौती

अमेरिका– अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेन बीच कडा प्रतिस्पर्धा हुने सर्वेक्षणहरु सार्वजनिक भइरहेका छन् ।
रिब्लिकनको गड मानिएको फलोरिडा तथा टेक्ससमा डेमोक्रेटसंग कडा प्रतिस्पर्धा हुने सर्वेक्षणहरु भइरहेको छ । सिबिएस न्युजको एउटा पोलमा जारी गरिएको तथ्याङकमा फलोरिडामा डेमोक्रेटका बाइडेनले दुई अंक बढी बनाएको देखिएको छ । त्यस्तै टेक्ससमा रिब्लिकनका प्रत्याशी डोनाल्ड ट्रम्प दुई अंकले बढी देखिएका छन् ।
यसपटकको निर्वाचन ट्रम्पलार्य आफनो गढ बचाउन ठुलो चुनौती हुने विश्लेषण विश्लेषकहरुले गदै आएका छन् । २०१६ को निर्वाचनमा फलोरिडा तथा टेक्सस राष्ट्रपति डोनाल्ड ट्रम्पको ठुलो गढ क्षेत्र थियो । उक्त निर्वाचनमा उनले एउटा ठुलो जीत हासिल पनि गरेका थिए । तर यसपटकको सर्वेक्षणले यी राज्यमा ट्रम्पलाई डेमोक्रेटका उम्मेदवार बाइडेनले कडा टक्कर दिइहेका छन् । फलोरिडामा बाइडेन अगाडी गइरहेका छन् भने टेक्ससमा पनि आफनो शक्ति मजबुत बनाइरहेका छ । सर्वेक्षण दुई नेतामा जीत र हारको मार्जिन निकै कम देखिएको छ ।
अन्य राज्यहरु पनि ट्रम्पलाई डेमाक्रेटका बाइडेनलाई पछि पार्न निकै कडा चुनौती थपिएको छ । एनबिसी डब्लुएसजे पोलका अनुसार बाइडेनर्ला ९० प्रतिशत अश्वेत मतदाताको समर्थन मिलेको छ । ्रत्यस्तै महिलाको ५७ प्रतिशत समर्थन प्राप्त भएको छ । त्यस्तै ट्रम्पको बलियो समुह कलेज डिग्री ५९ प्रतिशथ तथा श्वेत मतदाता ५२ प्रतिशतको समर्थन प्राप्त भएको सर्वेक्षणले देखाएको छ ।