अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको सम्झौतालाई लिएर फेरी अर्को चेतावनी दिएका छन् ।
उनले आफुले राखेको शर्त अनुसार बालमार्ट र ओरकल बीच टिकटकको सम्झौता नभए टिकटक अमेरिकामा बन्द गर्ने चेतावनी दिएका हुन ।
राष्ट्रपति ट्रम्पले दुई दिन अघि नै ताजा बयानमा ओरकल तथा बालमार्टले टिकटकमा हिस्सा लिने बताएका थिए । उनले यसबारेमा काम चलीरहेको भन्दै सहमति समेत दिएका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ओरकल तथा बालमार्ट दुबै राम्रा कम्पनी भएको बताएदै ओरकलका प्रमुख लैरी एलिसनलाई प्रतिभाशाली भन्दै तारिफ गरेका थिए । बालमार्ट र ओरकलले टिकटक बचाउन कोसिस गर्नेछन् । यदि सभंव भएन भने टिकटक अमेरिकामा बन्द गरिदिने राष्ट्रपति ट्रम्पले चेतावन दिएका छन् । दुवै कम्पनी र टिकटक बीच सुरुवाती सम्झौता भएको छ । तर राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको मुद्धालाई महत्वुर्ण रुपमा उठाएका छन् ।
यदि सम्झौता भयो भने टिकटकमा ओरकलको हिस्सा १२.५ प्रतिशत हुनेछ भने बालमार्टको ७.५ प्रतिशत हिस्सा रहनेछ ।
उता ग्लोबल टाइम्सले भने यो सम्झौतालाई चीन सरकारले मन्जुरी दिने सभावना कम रहेको बताएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...