अमेरिका– नासाले ५२ वर्षको अन्तरालपछि चन्द्रमामा एक महिला र अर्का पुरुष अन्तरिक्ष यात्री उतार्ने योजना बनाएको छ ।
नासाले २०२४ सम्म चन्द्रमा एक पुरुष र एक महिला अन्तरिक्ष यात्री उतार्ने योजना रहेको बताएको हो । नासाका प्रशासनक के जिम ब्रिडेस्टीनले चन्द्रमामा वैज्ञानिक खोज, आर्थिक लाभ तथा नया पुस्तामा खोज सम्बन्ँधी प्रेरणा दिन चन्द्रमा दोस्रो पटक फेरी मानवयात्री पठाउन तयारी भइरहेको बताएका छन् ।
समाचार एजेन्सीका अनुसार यो परियोजनामा झण्डै २८ अर्ब डलर खर्च हुने बताइएको छ । यो खर्चका लागी अमेरिकी काग्रेससंग बजेटको मन्जुरी जरुरी रहेको छ । त्यसो त चन्द्रमा मिशनका लागी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यसमा जागरुक देखिएका छन् । मानवयात्री पठाउन उनले पनि पहल गर्ने देखिएको छ । नासाका प्रशासक के ब्रिडेस्टीनले नासाले २०२४मा चन्द्रमा मानवयात्री उतार्न सही दिशामा लागेका छौ । यदि क्रिसमस भन्दा अगाडी काग्रेसले ३.२ अर्ब डलरको मन्जुरी दियो भने चन्द्रमा आफनो योजनालाई मुर्त रुप दिन सकिने उनले बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected