नेपाली समाज टेक्ससको कार्यबहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र वाग्लेलाई

टेक्सस-नेपाली समाज टेक्ससको कार्यबहाक अध्यक्षको जिम्मेवारी राजेन्ँद्र वाग्लेलाई दिइएको छ ।
अध्यक्ष दिनेश शर्मा गत नोभेम्बर १५ सम्म नेपाली समाजको गतिविधीमा संलग्न हुन नसक्ने भन्दै वाग्लेलाई जिम्मेवारी दिइएको हो । शर्मा अमेरिकी निर्वाचन अभियानमा सक्रिय हुने भन्दै सो अवधि सम्म वाग्लेलाई जिम्मेवारी सुम्पिएको नेपाली समाज टेक्ससका महासचिव भानु खरेलद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । शर्मा समाजको अध्यक्ष पदमा बसेर निर्वाचनमा सक्रिय हुनु कन्फिल्ट अफ इन्टेरस हुने भएकोले वरिष्ठ उपाध्यक्ष वाग्लेलाई सो अवधि सम्मका लागी अध्यक्षको जिम्मेवारी दिइएको छ ।
अध्यक्ष शर्माले वाग्लेलाई दैनिक कार्य संञ्चालका लागी गरेको प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत निर्णय गरेको हो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...