जॉनसन एण्ड जॉनसनले पनि गर्ने भयो कोरोना बिरुद्दको खोपको अन्तिम तथा निर्णायक परिक्षण

अमेरिका -अमेरिकी बहुराष्ट्रिय कम्पनि जॉनसन एण्ड जॉनसनले पनि आफुले बिकाश गरेको कोरोना बिरुद्दको खोपको अन्तिम तथा निर्णायक परिक्षण गर्ने जनाएको छ । कम्पनीका अनुसार खोपको पहिलो तथा दोस्रो चरणको परिक्षणको सफलता पश्यात U.S. Food and Drug Administration (FDA), संगको छलफल पछि तेस्रो तथा अन्तिम चरणको परिक्षण गर्न लागेको हो । परिक्षणमा तिन महादेशका करिब ६० हजार स्वयंसेवकहरू छनौट गरिने छ ।
यदी खोपको परिक्षणको परिणाम सुखद रहेमा गैर नाफामुखी आधारमा किफायती मुल्यमा २०२१ को सुरुवात सम्ममा खोप विश्व बजारमा उपलब्ध गराउन सकिने कम्पनिले जनाएको छ । “हामी विश्वभरका व्यक्तिहरूको लागि तत्काल चाहिएको, सुरक्षित र प्रभावीकारी खोपको विकासमा पूर्ण ध्यान दिइरहेका छौं, ” कम्पनिका उपाध्यक्ष तथा मुख्य वैज्ञानिक पॉल स्टोफल्सले बताए । यस अघिनै मोडेर्ना, फाइजर / बायोएनटेक र एस्ट्रा जेनेका लगायतका कम्पनि हरुले पनि यो स्तरको क्लिनिकल ट्रायल शुरू गरि सकेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...