अमेरिका आउने विदेशी विद्यार्थी, शोधकर्ता तथा पत्रकारलाई भिसाको नया समयसिमा

अमेरिका– ट्रम्प प्रशासनले मुलुकको सुरक्षाको कारण देखाउदै अमेरिका आउने विदेशी विधार्थी ,पत्रकार तथा शोधकर्तालाई नया भिसा नियम निर्धारण गरेको छ ।
यी भिसामा आउनेहरुले फाईदा उठाएको भन्दै नया भिसा नियम लागु गदै समय सिमा निर्धारण गरेको हो ।
प्रस्तावित नियमको हकमा विद्यार्थी भिसा, पत्रकार भिषा तथा शोधकर्तालाई चार वर्षको समय सिमा निर्धारण गरेको छ । भिसा अवधि सकिए लगत्तै देश छाडनुपर्ने छ । भिसा अवधि सकिएर बस्नेहरुको समेत अब कडाईका साथ अनुगमन गर्ने बताएको छ । त्यस्तै आतंकवादको समर्थन गर्ने देशबाट आउनेलाई दुई वषृ भन्दा कम भिसा अवधि निर्धारण गरिनेछ ।
भिसा सकिएको नोटीफिकेसन आएको ६० दिनमा ३० दिनमै देश छाडनुपर्नेछ । अघिल्लो वर्ष विद्यार्थी कैटवरीका लागी १० लाखले भर्नाका लागी आवेदन दिएका थिए । नया भिसा प्रस्ताव आज शुक्रबार देखि नोटिफाइड गरिने बताइएको छ । अब यी तहका भिसामा चार वर्ष भन्दा बढी भिसा जारी नगरिने भएको छ । होमल्यान्ड सेक्युरिटीले भिसा अवधि सकिएकाहरुको जा“च गरेर कार्वाही प्रकृया अधि बढाउने जनाएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...