तिमीले राखेको
तिमी मुस्काएको तस्विर
आज हेरिरहें मैले
अनि तिमीले दिएको
उही धेरै पुरानो मुस्कान
सम्झिरहें मैले

त्यहि पहिलो मुस्कान त थियो तिम्रो
मलाई जिन्दगि भर लठ्याउने
बैरागीएर हिंडदा पनि
फर्काएर अनुरागी बनाउने

खोजे मैले तिमीलाई कति कति
बाटो छलिए पछि
थाहा भयो
फेरि पाउन गाह्रो रहेछ यहाँ
एक चोटी बाटो बदलिए पछि

थाहा भयो
खोजेछौँ तिमीले पनि मलाई
मान सरोबर देखि कहाँ कहाँ सम्म
हिउँका चुचुरा देखि सागर सम्म

शायद मेरो पनि
यहि मुस्कान थियो
तिमीलाई जिन्दगी भर उल्झाउने
तिम्रो कल्पनाको सागरमा मोती बनाउने

बाटो छुट्टिए पनि हाम्रो
मन छुट्टिएको रहेनछ
समयको बालुवा मिश्रित स्याँठले पनि
हाम्रो
मुस्कान बिगार्न सकेको रहेनछ

–बैकुण्ठराज आचार्य
( हालसालै प्रकाशित स्वच्छन्दता / रोमान्टिक कविता संग्रह “आज फेरि …” को एक कविता। रचना काल र स्थान – डिसेम्बर २०१७, टेक्सास )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected