कुमार जंग कार्की
न्युजर्सी , अमेरिका-न्युजर्सी राज्यमा बिगत केहि हप्ता को तुलनामा गत हप्ता कोरोना संक्रमितको संख्यामा केहि वृद्धि भएको देखिएको छ । न्यु जर्सी राज्यका गभर्नर फिल मर्फीले दैनिक प्रेस ब्रिफिंगमा जानकारी दिए अनुसार हिजो मात्र राज्यमा ७१२ जना नया संक्रमित थपिएका हुन् । यो संगै राज्यमा संक्रमण पुष्टि हुनेको कुल संख्या २,०३,५४८ पुगेको छ । सनिबार पनि यहा ७६० जना नया संक्रमित थपिएका थिए भने सुक्रबार 612 जना नया संक्रमित थपिएका थिए । गत साता मात्रै कुल गरेर ३,९५५ जना नया संक्रमित थपिएका छन् ।

तर बिगतको तुलनामा मृत्यु हुनेको संख्या भने ज्यादै न्यून रहेको छ । हिजो मात्र कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको उनले जानकारी दिएका छन् । यो संगै आइतबार सम्म राज्यमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने को संख्या १४,३१५ पुगेको छ । त्यस्तै सनिबार ६ जना , सुक्रबार ७ जना गरि गत साता कुल ४२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected