अमेरिका– अमेरिकामा विद्यालय खुलेपछि बालबालिकामा कोरोना संक्रमण बढदै गएको छ
विद्यालय तथा खेल गतिविधी बढेपछि बढेपछि कोरोना संक्रमण बढेको हो । अमेरिकन एकडेमी अफ पेडिएट्रीक्स को रिपोर्ट अनुसार विद्यालय खुलेपछि बालबालिकामा दस प्रतिशत कोरोना संक्रमण बढेको छ । गत अप्रिलमा यो तथ्यँङक दुई प्रतिशत मात्र थियो । अमेरिकामा ७४ लाख कोरोना संक्रमणमा दस प्रतिशत बालबालिका रहेका छन् । कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख भन्दा बढीको ज्यान गइसकेको छ ।
सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनले सेटेम्बरको सुरुवात संगै स्कुल बालबालिकामा कोरोना संक्रमण बढन थालेको बताएको छ । साना बालबालिकाका तुलनामा झण्डै दुई गुना किशोरहरुका संक्रमण बढी भेटिएको छ । अधिकांश बालबालिका सामान्य तरिकाले संक्रमीत भएका छन् । व्यस्कको तुलनामा बालबालिकालाई अस्पतालमा कम संख्यामा भर्ना गरिएको छ । अमेरिकन एकडेमी अफ पेडिएट्रिक्सकी अध्यक्ष डा सैली गोजले बालबालिकामा संक्रमण बढनु चिन्ताको विषय भएको बताएकी छिन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...