अमेरिका– अमेरिकाको एक संघीय अदालतले कोकिन तस्करी काण्डमा एक चिनिया मुलका अमेरिकी नागरिकलाई पाँच सालको कैद सजाय सुनाएको छ ।
अमेरिकाको न्याय विभागले मंगलबार एक विज्ञप्ती प्रकाशित गदै उनलाई कैद सजाय सुनाएको जानकारी दिएको हो । विभागले ४० वर्षिय ज्युयाङ वु ल्याटिन अमेरिकी मादक पदार्थ तस्करीसंग सम्बन्ध गा“सेर तस्करी गरेको खुलेको जनाएको छ । न्यायधिसको फैसलामा वु ले कमाएको सम्पत्ति सबै कोकिन तस्करीबाट कमाएका थिए । उनी संग भएको ४०.२ करोड अमेरिकी डलर जफत गर्न अदालतले आदेश दिएको छ । यो घटनामा चीनबाट अहिले सम्म कुनै प्रतिकृया आएको छैन । युएन को तथ्याङक अनुसार २०१९ मा २ हजार टन कोकिन उत्पादन भएको थियो । यो २०१६ मा भएको कोकिन उत्पादनको २५ प्रतिशत बढी हो ।
तस्करीहरुले दक्षिण अमेरिका हुदै कोकिन तस्करी गदै आएका छन् । बोलिबिया तथा उरुग्वे हुदै तस्करहरुले कोकिन अमेरिका भित्राउने गरेका छन् । पछिल्लो दस वर्ष यता कोकिन यहा“बाट युरोपको बजारमा पनि पुग्दै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected