अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीट गदै यो बारेमा जानकारी दिएका हुन । उनले आफुहरु क्वारेन्टाइनमा बस्ने समेत जनाएका छन् । राष्ट्रपति ट्रम्पले निजी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमीत भएपछि कोराना परीक्षण गरेका थिए ।
होपलाई कोरोना पोजेटिभ देखिएपछि ट्रम्प र पत्नी मेलानियालाई पनि कोरोना पोजेटिभ देखिएको हो । होप राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका थिए । पछिल्लो केही साता देखि होप ट्रम्पसंगै विमान एयरफोर्सबाट वन सफर समेत गरिरहेका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-अन्तराष्ट्रीय ...
-
डलास, टेक्सास — अमेरिकाको ...





















