कलियुग !
म तेरो चर्तिकला हेर्दैछु
शास्त्रमा भने जस्तै
म तेरो अहंकार, लालच, आतंक भोग्दैछु !

मृत्यु !
तँ संग त मेरो सँधै कुस्ती परेकै हो
अहिले सम्म त मैले तँलाई पछारेकै हो
तर लाग्न लाग्यो अव तैंले जित्ने पालो हो

मान्छे !
कति अनुहार देखाउँछस एउटा जिन्दगीमा
के खोजेको होस् तैंले ?
खुबै थर्काउँछस, टाइँफुइँ पो गर्छस !

कलियुग, मृत्यु र मान्छे !
घुमिरहन्छन मेरो जिन्दगी वरिपरि
दाउ हेरिरहन्छन भेट्टाउन मेरो कमजोरी
थाहा छैन झम्टिन्छन कहिले चितुवाले मृग सरि

साँच्चै !
कति गाह्रो छ यहाँ बाँच्न
कति गाह्रो छ यहाँ हाँस्न
कलियुगको महाभारत चलिरहन्छ यहाँ
र जित्दैनन अव पाण्डवहरु यहाँ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected