अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प अघि कुन –कुन देश राष्ट्रप्रमुखहरु कोरोनाको पोजेटिभ भए
अमेरिका– कोरोनाभाइरसले ससारका प्रमुखहरुलाई पनि चपेटामा पारेको छ । शक्तिशाली देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पोेजेटिभ हुनु पहिलो धेरै मुलुकका प्रमुखहर यसको चपेटामा परेका थिए । कतिपय मुलुकका राष्ट्रप्रमुखहरु अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।
ट्रम्प भन्दा पहिलो बेलायतका प्रधानमन्त्री बोरिस जोनसन संक्रमणको शिकार भएका थिए । उनी अस्पतालमा भर्ना भएका थिए ।
होन्डुरसका राष्ट्रपति जुआन आरलैन्डो हर्नाडेज पनि संक्रमीत भएका थिए । निकै नाजुक अवस्थामा उपचार पछि उनी निको भएका थिए । उता बोलिभियाका राष्ट्रपति कोरोना संक्रमीत भएपछि १४ दिन आइसोलेसनमा बसेका थिए । यस्तै ग्वाटेमालाका राष्ट्रपति एलेजान्द्रो जियामातेटी पनि कोरोना पोजेटिभ र्भ निको भएका थिए । ६२ वर्षिय प्रिन् िअल्बर्ट सेकेन्ड कोरोनाभाइरस पोजेटिभ हुने पहिलो राज्यप्रमुख हुन । बेलायतका राजकुमार चाल्र्स पनि पोजेटिभ भएका थिए । उनी सगै महारानी एलिजावेथ पनि कोराना पोजेटिभ भएर निको भएका थिए ।
आर्मिनियाका प्रधानमन्त्री निकोल पशिनान पनि कोरोना पोजेटिभ भएका थिए आइसोलेसनमा बसेका थिए उनी । रुसका प्रधानमन्त्री मिखाइलस्टन मिशुस्टिन पनि कोरोना पोजेटिभ भई अस्पताल भर्ना भइ निको भएका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन टुन्डो पनि कोरोना पोजेटिभ भएका थिए । यो सगै विभिन्न राष्ट्रका उच्च ओहोदाहमा पुगेकाहरु पनि कोरोना पोजेटिभ भएका थिए ।