अमेरिका– अमेरिकाको नर्थ क्यारोलिनामा दुईवटा टाउको भएको एउटा सर्प फेला परेको छ । अति नै दुर्लभ मानिएको यो सर्प एक महिलाको घरमा फेला परेको हो ।
नर्थ क्यारोलिनाको अलेक्जेन्डर काउन्टीकी जिनी बिल्सन नामकी महिलाको घरमा फेला परेको यो सर्प देखेपछि उनी चिच्चाएकी थिइन । टेबलको मुन्तिर यताउती गरेको सर्प देखेपछि उनले चिचाएर आफन्तहरुलाई बोलाएकी थिइन । आफनो परिवारसंग मिलेर ति महिलाले त्यो सर्पलाई समातेर जारको भित्र हालेर बन्द गरिदिएका थिए । । यो भिडियोलाई फेसबुकमा शेयर भएपछि भाइरल भइरहेको छ । सर्पको उद्धार गरेपछि यसलाई एउटा साइन्स सेन्टरमा बुझाइएको थियो । साइन्स सेन्टरले यो सर्पलाई ब्ल्याक रेट स्नेक भएको पहिचान गरेको छ । यो दुई मुखे सर्प झण्डै चार महिनाको भएको खुलेको छ ।
अध्ययनकर्ताका अनुसार प्रत्येक एक लाख सर्पमा एउटा सर्प दुई वटा टाउको भएको हुन गरेको छ । यो अति नै दुर्लभ सर्पको रुपमा मानिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected