अमेरिका– अमेरिकामा कोरोना भाइरसबाट जीवन गुमाएकाहरुका लागी आइतबार वासिङटन डिसीमा  एक श्रद्धान्जली सभा आयोजना भएको छ । यसै सिलसिलामा पीडितहरुको सम्मानमा खाली राखिएको २० हजार कुर्सिको तस्विर यतिबेला सबैतिर भाइरल भइरहेको छ । अमेरिकामा अहिले सम्म कोरोनाबाट २ लाख भन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै संक्रमीत हुनेको संख्या ७० लाख भन्दा माथि पुगेको छ । कोरोना प्रभावित देशमा अमेरिका पछिल्लो केही महिलना देखि शीर्ष स्थानमा रहदै आएको छ ।
सामाजिक संजालमा एक प्रयोगकर्ताले शेयर गरेको राष्ट्रिय कोविड– १९ को स्मृति दिवसको हो । अमेरिकामा दिवंगत भएका २ लाख भन्दा बढीको सम्मान यिनै खाली कुर्सिले गरिएको छ ।
तस्विरलाई ट्वीटरमा शेयर गदै प्रयोगकर्ताले लेखेका छन्– हामीले कोरानाकै कारण धेरै प्रियजनहरुलाई गुमायौ । सम्मानका लागी राखिएका यी खाली कुर्सिले हामीलाई उनिहरुको याद दिलाइरहेको छ ।
अमेरिकामा कोरोनाबाट मुत्यु हुने विश्वको २० प्रतिशत हिस्सा राख्छ । अझै पनि अमेरिकामा कोरोना संक्रमणको रफतार बढीरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानिया पनि कोरोनबाट संक्रमीत भएका छन् । उनिहरुको सैन्य अस्पताल मा उपचार भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected