अमेरिकामा श्रम कानुन उल्लघन गर्ने भारतीय मुलकी अमेरिकन महिलालाई १५ वर्ष जेल सजाय
अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा श्रम कानुनको उल्लघन गरेको भन्दै एक भारतीय मुलकी अमेरिकी महिलालाई १५ सालको जेल सजाय सुनाइएको छ ।
शर्मिष्ठा बरई नामकी महिलाई घरेलु कामदारलाई कम तलबमा धेरै काम लगाएको डर त्रास देखाएका तथा हामपात समेत गरेको दोषी ठहराउदै सजाय सुनाइएको हो । महिलाका पति सतीष करतनलाई पनि जबरस्ती काम गराएको भन्दै दोषी ठहराएको छ । उनलाई २२ अक्टुबधिसरमा सजाय सुनाइनेछ ।
सहयाक महाधिवक्ता एरिक ड्रिबैंडले भनेका छ्न– अमेरिकाले १५० वर्ष पहिला नै दास प्रथाको समाप्त गरेको थियो । उनले यसरी जबरजस्ती डर धम्की देखाउदै तोकिएको समय भन्दा बढी काम लगाउनु गैरकानुनी हो ।
भारतीय दम्पत्तिले पीडितलाई डर धम्की देखाएर १८ घन्टा भन्दा बढी काम लगाएका समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । सुनवाईको दौरान अदालतमा पेश गरिएको दस्तावेजमा भारतीय दम्पत्तिले २०१४ देखि २०१६को बीचमा विदेशबाट घरेलु काम गर्न ल्याएका थिए । इन्टरनेट तथा भारतीय समाचारपत्रमा श्रमिक माग गरिएको विज्ञापनमा रोजगारीको शर्तको बारेमा समेत उनिहरुले झुठ बोलेको खुलेको छ । श्रम कानुन विपरीत उनिहरुले दैनिक १८ घन्टा काम लगाएर पीडितलाइ उचित आराम र आहारा समेत नदिएको बताइन्छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















