अमेरिका– अमेरिकाको टेक्सस निवासी एक १७ वर्षिया किशोरीले संसारमै सबै भन्दा लामो खुट्टा भएको गिनिज बुकमा रेकर्ड राखेकी छिन् ।
टेक्ससकाम राजधानी अस्टिनका  मैका क्युरिनको खुट्टाको लम्बाई डेढ मिटरको रहेको छ । उनको नाम किशोर श्रेणीमा सबै भन्दा लामो खुट्टा भएको रेकर्ड रहेको हो । क्युरिनको कुल लम्बाई ६ फिट १० इन्च रहेको छ ।
गिनिज बल्र्ड रेकर्डसको आधिकारिक बेभसाइटका अनुसार उनको दाया खुट्टा १३४.३ सेमी तथा बाया खुट्टा १३५.२६७ सेमी रहेको छ । वेभसाइटका अनुसार उनको खुट्टा उनको कुल उचाईको ६० प्रतिशत रहेको छ । उनको परिवारमा भने सबै जनाको लम्बाई औसत रहेको छ । क्युरिन सोसल मिडिया टिकटकमा पनि सक्रिय रहेकी छिन् । सन् २०१८ मा उनलाई आफनो खुट्टाको लम्बाईको महसुस भएको थियो । उनलाई त्यो आफनो साइज अनुसारको लेगिन्स भेटिएको थिएन । यसपछि उनले तुरुन्तै आफनो खुट्टाको मापन गरिन र गिनिज बुकमा आवेदन दिन पुगेकी थिइन । यो रेकर्डपछि उनले संसारकै सबै भन्दा बढी व्यवसायिक मोडल बन्ने रेकर्ड राख्न चाहेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected