शक्तिशालि आँधी “डेल्टा” मेक्सिको प्रवेश , सुक्रबार सम्म अमेरिकी तटीय क्षेत्रमा आइपुग्ने

अमेरिका-शक्तिशालि आँधी “डेल्टा” बुधबार बिहान मेक्सिकोको युकाटन प्रायद्वीपको उत्तरपूर्वी तट पोर्टो मोरेलोसको किनारमा आइ पुगेको छ । क्याटोगरि २ को उक्त्त आँधी ११० माइल प्रतिघन्टाको गतिमा आगाडी बढिरहेको National Hurricane Center ले जनाएको छ । आँधीले प्रभावित क्षेत्रमा भारी वर्षा गराउनुका साथै केहि स्थान हरुमा पहिरो समेत गएको बताईएको छ ।
आँधी सुक्रबार सम्म अमेरिकी तटीय क्षेत्र आइपुग्ने अनुमान गरिएको छ । आँधीले लुजियाना तथा मिसिसिपी राज्यका सामुन्द्रिक तटीय क्षेत्रमा बढी प्रभाव पार्ने छ । आँधिका कारण ४ देखि ६ इन्च सम्म वर्षा हुन् सक्ने र जसका कारण केहि स्थान हरुमा बाडी तथा पहिरो आउन सक्ने Hurricane Center ले जनाएको छ । लुजियाना राज्यका गभर्नर जोन बेल एडवर्ड्सले राज्य तथा स्थानीय निकायहरु आँधीले पार्न सक्ने सम्भावित प्रभावलाइ न्यूनीकरण गर्न तयारी गरिरहेको बताएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...