अमेरिकाको मेरिल्यान्डमा हतियार देखाएर बैक डकैट गदै गरेका सम्राट लामा पक्राउ

अमेरिका–अमेरिकाको मेरिल्यान्डमा ३० वर्षिय सम्राट लामा बैक लुटेको आरोपमा पक्राउ परेका छन् ।
बैक कर्मचारीलाई हतियार देखाएर बैक लुटेको आरोपम प्रहरीले उनलाई पक्राउ गरेको हो । मेरिल्यान्ड राज्न्उको मोन्टगोमेरी काउन्टीबाट प्रहरीले उनको बिस्तृत विवरण भने केही नखुलाएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । नर्थ फ्रेडरिक एभिन्युमा रहेको बेल्स फार्गो बैक लुटन पुगेका उनलाई पक्राउ गरिएको हो । बैक कर्मचारीले आपतकालिन नम्बर ९११ फोन गरेर प्रहरीलाई बोलाएपछि उनी पक्राउ परेका थिए । बैकबाट फोन आएको दुई मिनेटमा प्रहरी पुगेर उनलाई बैक भित्रबाट हिरासतमा लिएका थिए ।
बैकमा उनी बचत खाता खोल्ने बहानामा पुगेको र बैक कर्मचारी संग छलफलका क्रममा झोलाबाट चक्कु निकालेर कर्मचारीलाई देखाएको बताईन्छ । उनले चक्कु देखाएर भित्र बुकेर टेलरबाट पैसा मागे र आफनो झोलामा हाल्न थाले ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...