अमेरिका– मान्छेले आफनो परिवारका लागी संसारका सबै चिज पनि त्याग्न सक्छन् भन्ने एउटा उदारण अमेरिकामा एक अन्तरिक्ष यात्रीले देखाएका छन् ।
अमेरिकाका अन्तरिक्ष यात्री क्रिस फर्गुसनले आफनो छोरीको विवाहका लागी अन्तरिक्ष यात्रा गर्न अस्वीकार गरिदिएका हुन । क्रिसले आफनो ट्वीटर हयान्डलबाट एक भिडियो सन्देश जारी गदै आफु अन्तरिक्ष यात्रामा नजाने निर्णय गरेका हुन ।
अघिल्लो वर्ष डिसेम्बरमा हुने भनिएको अन्तरिक्ष यात्रा सफटवेयरमा गडबढीका कारण रोकिएको थियो । आगमी नया वर्षको सुरुवातमा हुन लागेको यो यात्राका लागी तय भएको कार्यक्रम क्रिसले अस्वीरका गरिदिएका छन् ।
उनले भिडियो सन्देशमा भनेका छन्– यो एउटा अत्यन्त कठिन फैसला हो । तर मेरो परिवार र छोरीका लागी यो ठुलो फैसला हो । यही कारण मैले यो फैसला लिएको हु । उनले छोरी आफनो पहिलो प्राथमिकतामा रहेको प्रष्टाएका छन् । बोइङका प्रवक्ताले पनि छोरीको विवाहका कारण उनले अन्तरिक्ष यात्रा स्थगन गरेको पुष्टि गरेका छन् ।
नासाका पुर्व अन्तरिक्ष यात्री फर्गुसनले अहिलेसम्म तीन पटक अन्तरिक्षको यात्रा तय गरिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected