टिका र जमरामा रम्यो मिनी कलिउड बाल्टीमोर
नायिका अरुणीमा लम्सालले बडादशै यसपटक उल्लासमय तवरले मनाइन । आफना मान्यनजनबाट टिका ग्रहण गरिन । छोरीलाई पनि टिका र जमराले सिंगारिन ।
सबै बसेर टिका ग्रहण गर्दा रमाईलो अनुभूति दिलायो’ उनले भनिन–उतै नेपालको झझल्को दिने किसिमले यो पाली दशैंको टिका लगाईयो ।’
झण्डै पाच वर्षदेखि बाल्टीमोरमा रहेका फिल्मी कलाकारहरु आफु भन्दा सिनियर अभिनेत्री पुजा चन्दको घरमा जमघट भएर सामुहिक रुपमा टिका र जमरा ग्रहण गदै आएका छन् । अभिनेत्री चन्दाका ससुरा ६७ वर्षिय अग्रज तथा स्वंय अभिनेत्रीको हातबाट कलाकारहरुले बिगतमा झै यसपाली नि टिका लगाए ।
क्यालिफोर्नियबाट पुन बाल्टीमोर सरेर रेष्टुरा व्यवसायमा लागेका सुरेश दर्पण पोखरेल पनि यसपटक फिल्मी कलाकारको सामुहिक टिकामा सहभागी भए ।‘यसपटकको सामुहिक टिका निकै उत्साहमय बन्यो’ उनले भने– ‘सबै सिने कलाकार एक साथ जमघट र रमाईलो हुने वातावरण सृजना भयो ।’
उनका अनुसार सामुहिक टिका कार्यक्रममा ३० जना फिल्मी कलाकारहरु सहभागित रहेका थिए ।
सुरुवाती दिनमा लोकगायक प्रेमराज महतको घरमा जमघट भएर बाल्टीमोरमा रहेका कलाकारहरुले सामुहिक टिका लगाउने परम्परा बसालेका हुन । अझै पनि फिल्म बाहेक अन्य कलाकारहरु लोक तथा दोहोरी गायक महतकै घरमा पुगेर टिका ग्रहण गदै आएका छन् ।
मिनी कलिउडको उपमा पाएको अमेरिकाको बाल्टीमोर राज्यमा बस्ने कलाकारहरुले कतिले अभिभावक त अधिकांशले यसरी नैसामुहिक रुपमा भेटघाट गरेर दशैलाई रौनकता दिदै टिका लगाए । सबै एक आपसमा भेला भएर दशैंको टिकामा रमाए । नायिका पूजा चन्द देखि सारंगा श्रेष्ठको घरमा भेला भएर कलाकारहरु टिका ग्रहण गर्ने कार्यक्रममा सहभागिता जनाए । टिका र जमरा लगाएर सामुहिक रुपमा तस्विर पनि खिचाए ।
मेरिल्यान्डको बाल्टीमोर राज्यमा अधिकांश नेपालका चर्चित कलाकारहरु बसोबास गदैं आएका छन ्।‘नेपालीसंगै धेरै कलाकारहरु यहा“ बस्ने भएकाले चार्डपर्व हाम्रै गाउ“घर जस्तै रमाईलो हुन्छ’ चर्चित लोकगायक प्रेमराजा महतले भने, ‘दशैंतिहारको यहा“ हुने रमझमले स्वदेशकै झझल्को दिलाउछ ।’
उनका अनुसार दशैंमा छेलो हान्ने, नाचगान, हाटबजार सबै किसिमको अनुभव बटुल्न पाईन्छ । ‘यो पटक कन्र्सट र साथीहरुसंग भेला भएर दशैं मनाईन्छ’ अहिले दशैंको मौका पारेर अमेरिकाका धेरै राज्यहरुमा दशै विशेष सांगीतिक कार्यक्रमहरु आयोजना भएका छन् ।
वर्षोदेखि बस्दै आएका देखि भर्खर आएकाहरु पनि एक आपसमा भेला भएर चाडपर्व धुमधामसंग मनाउछन ।सपनाको सहर अमेरिकालाई कर्मथलो बनाएका धेरै कलाकारहरु मेरील्यान्डदेखि न्युयोर्क, भर्जिनिया, टेक्सास, लसएन्जल्स लगायतका राज्यमा बसोबास गर्छन् ।
कलाकारिता मात्रै गरेर विदेशमा जिन्दगीको डुगा चलाउन हम्मे पर्छ । धेरै जसो कलाकारहरु काममा ब्यस्त हुनुपर्छ । कतिपयले स्वःव्यवसाय पनि चलाएका छन् । काममा व्यस्त भए पनि हरेक जसो कलाकारले दशैं कसरी मनाउने भन्ने योजना भने महिना दिन अगाडी नै तय गरेका थिए ।