अमेरिकामा– अमेरिकामा अकस्मात आकाशबाट चराहरु खसेको एउटा दुर्लभ घटना घटेको छ ।
१५ सय भन्दा बढी चराहरु आकाशबाट खसे र तिनिहरु मध्ये खसेका धेरै मरेका छन् । यी सबै फिरन्ते चराहरु जाडो बढे संगै क्यानडा तथा अन्य क्षेत्रमा गइरहेका थिए ।


अमेरिकाको पेन्सिलभेनिया राज्यकाे  फिलाडेल्फिया सहरमा झण्डै ७२ वर्ष पछि भएको यो घटनाले स्थानियलाई आश्चार्य चकीत बनाइदिएको छ । यस्तो घटना यस भन्दा अघि १९४८ मा भएको पंक्षी विज्ञहरुलाई उदृत गदै अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
फिलाडेल्फियामा बन्यजन्तुसंग काम गदै आएका संरक्षणकर्मि स्टीफन मैसिजेवस्कीले भने– धेरै पक्षी आकाशबाट खसीरहेका थिए, हामीलाई थाहा भएन यस्तो किन भइरहेको छ । उनले यो विनाशकारी घटना भएको बताए । उनले तीन घन्टा लगाएर खसेका चराहरुलाई एक कठ्ठा गरेका थिए । यसरी भेटिएका चराहरु अधिकांश मरेका र केही घाइते भएको बताईन्छ । सडकमा खसेका यति धेरै चराहरु उठाउन हम्मे परेको थियो ।


संरक्षणर्कि स्टीफनले प्रत्येक चराको उडानको बाटो समय तथा स्थानको प्रभावको बारेमा समेत उक्त समयमा टिपोट गरेका थिए । अनुसन्धानकर्ताका अनुसार यी चराहरु क्यानडा लगायत अन्य क्षेत्रमा जाने क्रममा उचाईमा अल्मल परेको खसेको हुने सक्ने बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected