अमेरिका– अमेरिकाको ओहायोको राजधानी कोलम्बसमा एउटा अनौठो घटना बाहिर आएको छ ।
समाचार एजेन्सी एपीका अनुसार राज्यको यो सहरको फ्रेंकलिन काउन्टीमा झण्डै ५० हजार मतदातालाई गलत मतपत्र पठाइएको छ । यो ब्यालेट पेपर यस्तो मतदातालाई पठाईन्छ यो आधिकारिक मतदान केन्द्रमा जान असमर्थ हुन्छन अर्थात कुनै कारणवश जान चाहदैन । चुनाव अधिकारीहरुले पनि यो बारेमा जानकारी दिएका छन् ।
यो घटना बाहिर आएपछि चुनाव अधिकारीहरुले अबको ७२ घन्टा भित्र ति मतदातालाई सही मतपत्र जाने विश्वास दिलाएका छन् । फ्रेंकलिन काउन्टीका चुनाव अधिकारीले यो गडबढी मतपत्र पठाउने मेशिनको सेटिङ फेरबदल हुने क्रममा भएको स्वीकारेका छन् । फ्रेंकलिन काउन्टीको चुनाव बोर्डका अनुसार काउन्टीका लागी कुल २ लाख ३७ हजार ४९८ ब्यालेट पेपर पठाइएको थियो । यिनहरुमा झण्डै ५० हजार गलत मतपत्र भेटिएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected