अमेरिका– सिंगापुरका एक व्यक्तिलाई अमेरिकी अदालतले चीनलाई बहुमुल्य सैन्य तथा राजनितिक सुचना दिएर जासुसी गरेको भन्दै १४ महिनाको जेल सजाय सुनाएको छ ।
अदालतले यस्तो सुचना दिएर अमेरिकालाई उनले धोका दिएको ठहर गरेको हो । सिंगापुर मुलका ति अमेरिकी जुन बेइ एओले चिनिया खुफिया एजेन्टको निर्देशनमा काम गरेको स्वीकार गरेका छन् ।
डिक्सन एओ नामले चिनिएका यी व्यक्ति केवल आर्थिक प्रलोभन मात्र नभई अमेरिकालाई कमजोर बनाउन चीनलाई गोप्य सुचना चुहावट गरेको आरोप लगाइएको छ ।
अमेरिकाको न्याय विभागका अनुसार उनले केही वर्षदेखि अमेरिकाको सैन्य विमान कार्यक्रम, अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता तथा संसद सदस्यहरुको जानकारी चीनसंग साझा गरिरहेका थिए ।
अमेरिकको जिल्ला न्यायधिस तान्या चुटकनले बासिङटनमा डिजिटल माध्यमबाट उनलाई १४ महिनाको जेल सजाय सुनाएका हुन । सजाय पुरा भएपछि उनलाई आफनै देश फिर्ता पठाइने अमेरिकाको न्याय विभागले जनाएको छ । उनी २०१५ मा चीनको बेइजिङ यात्राका क्रममा चीनको खुफीया एजेन्सीसंग सामेल भएको खुलेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...