नेपाली समुदायलाई पनि लाग्यो अमेरिकी चुनाव
शिव शर्मा
अमेरिका– यतिबेला मेरिल्यान्ड राज्यका राज्य सासंद हयारी भण्डारीलाई भ्याइनभ्याई छ । अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिदै गएछि उनी डेमोक्रेटका राष्ट्रपति उम्मेदवार जो बाइडेनको चुनावी प्रचार अभियानमा दौडधुप गरिरहेका छन् । भोट माग्ने देखि चुनावी प्रचार अभियानमा उनको अग्रसरता तिव्र छ । चुनावको चटारोले उनलाई मोवाइलमा आएको फोन कल समेत उठाउन हम्मे परेको छ ।
‘नेप्लिज अमेरिकन्स फर बाइडेन’ नामक स्वयसेवी संस्था नै खोलेर उनी अमेरिका भरी चुनावी प्रचारप्रसार अभियानमा छन् । यो संस्था अहिले अमेरिकाका झण्डै २२ राज्य क्रियाशिल रही डेमाक्रेट उम्मेदवारको प्रचारप्रसारमा जुटीरहेको छ । संस्थाका संयोजक रहेका भण्डारीले भने– ‘सबै नेपालीहरुलाई एकत्रित गर्न र बाइडेनको पक्षमा जनमत सृजना गर्न संस्था मार्फत हामी जुटीरहेका छौ ।’
डेमोक्रेट मात्र हैन रिब्लिकन पक्षधरका नेपालीहरु पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुन दोस्रो कार्यकालका लागी जिताउन अभियानमा लागीरहेका छन् ।
अमेरिकाका धेरै राज्यमा रिब्लिकनको पक्षमा नेपाली समुदायहरु चुनावी अभियानमा जुटीरहेका छन् । रिब्लिकनको पक्षमा टेक्ससबाट ओमराज भट्टराई, प्रतिक सुवेदी, रत्न झा, देवी आचार्य देखि न्युयोर्कमा विदुर विष्ट चुनावी अभियानमा लागेका छन् ।
टेक्ससमा रिब्लिकनको पक्षमा जनमत सृजना गर्न देवी आचार्यले च्यारिटी शो समेत आयोजना गरेका थिए । साउथ एशियन सम्मिलत यो कार्यक्रम रिब्लिकन पािर्टका सहयोगी शुभचिन्तक तथा पक्षधरहरुको सहभागी थियो । रिब्लिकन सिनेटहरुसंग भेटघाट लगायतका कार्यक्रम उनिहरुले गदै आएका छन् । नेप्लिज अमेरिकन फर ट्रम्प फेसबुक पेजको गु्रप समेत बनाएर डोनाल्ड ट्रम्पको पक्षमा नेपाली मतदातालाई आकर्षित गरिरहेका छन् ।
अमेरिकामा बस्दै आएका नेपाली र नेपाली भाषीहहरुलाई पनि चुनावी रन्कोले छोएको छ । यतिबेला आ–आफनो आस्था राख्ने उम्मेदवारलाई जिताउन अभियानमा नेपालीहरु पनि लागेका छन् । अघिल्ला वर्ष भन्दा यसपटकको राष्ट्रपति निर्वाचनमा नेपालीहरु बढी सक्रिय देखिएका छन् । अमेरिकाको टेक्सस राज्य जहा“ नेपालीहरुको बसोबास धेरैछ यहा“ धेरै नेपालीहरु चुनावी अभियानमा लागीरहेका छन् । सन् २०१० मा अमेरिकी चुनावको प्रचारमा जुटन प्राध्यापक प्रभात दिक्षित एक्लै थिएन टेक्ससमा । उतिबेला धेरैले चासो पनि दिएका थिएनन । यसपटक भने नेपालीहरु ज्यान दिएर लागेका छन् । रिब्लिकनको चुनावी अभियानमा लागेका ओम भट्टराई रिब्किलन आप्रवासीको पक्षमा रहेको दाबी गर्छन । उनले दाबी गदै भने– ‘राष्ट्रपति डाृेलाल्ड ट्रम्पको तुलनामा ओबामा राष्ट्रपति कालमा धेरै आप्रवासीहरु देश निकालामा परेका थिए ।’
नेपाली समुदायहरु डेमोक्रेट तथा रिब्लिकन पार्टिको चुनावी अभियानमा विभाजित भएर लागेका छन् । डेमोक्रेट पार्टिको प्रचारमा लाग्ने नेपाली समुदायको संख्या अलि बढी देखिएको छ । टेक्ससमा हिमालय डेमाक्रेट क्लब नै खोलेर यसमा नेपालीहरु लागेका छन् । मोहन ज्ञवाली र संजय घिमिरे संयोजक रहेको यो क्लबले स्थानिय उम्मेदवार देखी बाइडेनको अभियानलाई साथ दिइरहेका छन् ।
लामो समय देखि टेक्ससमा बसेर डेमोक्रेटको चुनावी अभियानमा सरिक हुदै आएका प्रभात दिक्षितले यस पटक धेरै नेपालीहरु अमेरिकी चुनावमा होमिएको बताए । वर्षो अघि यो अभियानमा यहा“ म एक्लो जस्तो थिए उनले भने–‘अहिले त धेरै नेपालीहरु चुनावी अभियानमा लाग्नु भएको छ ।’
कतिपय नेपालीहरु भने चुनावमा प्रचारमा खुलेर लागेका छन् । उनीहरुले गोप्य मतदानलाई नै आफनो प्राथमिकतामा राखेका छन् । हामी नेपाली समुदायले आफनो समुदायको हित चाहनेलाई भोट दिएर ठाउमा पु¥याउन सके भोली उनिहरुले अप्ठ्यारोमा हाम्रो समुदायलाई सेवा दिन सक्छन्– ‘हिमालय डेमोक्रेटस क्लबका संयोजक मोहन ज्ञवालीले भने–‘ हामीले हाम्रो समुदायको हित चाहनेदलाई भोट दिनुपर्छ ।’
उनले भने जस्तै नेपाली समुदायहरु यसपटक निकै चासोका साथ अमेरिकाको राष्ट्रपति निर्वाचनको अभियानमा छन् । डेमोक्रेट उम्मेदवारको पक्षमा लाग्ने नेपाली समुदायका अगुवाहरु बढी देखिन्छन् ।
दिनेश शर्मा नेपाली समाज टेक्ससको अध्यक्ष हुन । उनी दुई महिना देखि आफनो पद चुनाव अवधि सम्म उपाध्यक्षलाई जिम्मा दिएर चुनावी अभिायनमा लागेका छन् ।
चार –आठ वर्ष यता अमेरिकामा नेपाली र नेपाली भाषी भुटनिज समुदायबाट अमेरिकी नागरिक हुने क्रम निकै बढेको छ । झनै टेक्ससमा अन्य राज्यमा भन्दा बढी छ । टेक्सस राज्य अमेरिकी राष्ट्रपति निर्वाचनमा जीत हारको मारजीन हुने ठाउ“को रुपमा पनि चिनिन्छ । यो राज्यमा नेपाली मतदाताको भुमिका पनि महत्वपुर्ण छ । टेक्सस राज्यमा नेपाल समुदायको जनसंख्या बढे संगै चुनावमा अहंम भुमिका रहनेछ’ नेप्लिन अमेरिकन फर बाइडने टेक्ससका संयोजक समेत रहेका दिनेश शर्माले भने–‘अहिलेको चुनावमा नेपाली समुदायको उत्सुकता र चासो पनि बढ्दो छ ।’
उनले सन् २०२४ सम्म टेक्सबाट एशियन मुलका नेपाली अमेरिकी राजनितिमा आउने दाबी समेत गरे ।
अमेरिकामा झण्डै एक लाख भन्दा बढी नेपालीहरु मतदाता रहेको अनुमान गरिएको छ ।