अमेरिकामा प्रदर्शनकारीले अब्राहम लिंकन तथा रुजबेल्टको शालिक ढलाए

अमेरिका– अमेरिकाको पोर्टलैन्ड सहरमा प्रदर्शनकारीले कोलम्बस दिवसको विरोध गदै पुर्व राष्ट्रपति अब्राहम लिंकन तथा थियोडोर रुजबेल्टको शालिक ढलाई दिएका छन् । विरोध प्रदर्शनकारीले आइतबार राती आक्रोस दिवस मनाउदै शालिक ढलाएका हुन । १५ औ शताब्दीमा इतालबी यात्री क्रिस्टोफर कोलम्बस अमेरिका आएको संम्झनामा कोलम्बस दिवस मनाउदै आइएको छ ।
अमेरिका स्थानिय बासिन्दा कोलम्बसलाई सदियौ देखि चल्दै आएको नरसंहारलाई जिम्मेवार मान्दै आएका छन् ।
समाचारका अनुसार प्रदर्शनकारीले रुजबेल्टको शालिक साङलोले बाधेर शालिकलाई जमीनमा ढलाएका थिए । रुजबेल्टको शालिक लडाएको झण्डै आठ मिनेट पछि अव्राहम लिंकनको शालिक ढलाएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीले आरेगनको ऐतिहासिक सम्पदाका झयालका सिसा समेत फोडेका थिए । पछिल्लो समय पोर्टलैन्ड दक्षिणपन्थी तथा वामपन्थी समुहको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । गएको अगष्टमा हिंसा नियन्त्रणमा आउन नसकेपछि प्रहरीले प्रदर्शनलाई दंगा क्षेत्र घोषित समेत गरेको थियो । दंगाको दौरान प्रदर्शनकारीको आक्रमणबाट कयौ प्रहरी अधिकारी समेत घाइते भएका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...